१. टाउको दुख्ने
: ब्रेन ट्युमको सबैभन्दा बढी देखिने र साझा लक्षण
टाउको दुखाई हो । यो दुखाई खासगरी विहान देखी सुरु
हुन्छ र लगातार दुखिरहन्छ । कहिलेकाही सहनै नसक्ने गरी
दुख्छ । यदि यस्तो लक्षण देखियो भने टाउकोको जाँच गराउनु उपयुक्त
हुन्छ ।
२.बान्ता हुने : ब्रेन ट्युमरको अर्को लक्षण बान्ता हुन खोज्नु पनि हो ।
विहान उठेदेखिनै बान्ता हुन खोज्यो भने यसबाट पनि शंक
ागर्न सकिन्छ र तत्काल जाँच गर्नका लागि आधार बन्छ । अझ एक
व्यक्ति एक ठाँउबाट अर्को ठाँउमा जाँदा अझ बढी यस्तो समस्या हुन्छ ।
३. कम देखिनु : यदि कसैलाई मस्तिस्कको अक्सिपिटलको नजिक ट्युमर छ भने
त्यो व्यक्तिको दृष्टि कम हुँदै जान्छ वा उसले आँखाको
दृष्टि कम हुन्छ । कम देख्छ वा धमिलो देख्छ । यदि रङ
छुट्याउन सक्दैन वा हेर्दा नि राम्रोसंग देख्दैन भने ब्रेन ट्युमरको पनि
संका गर्नुपर्छ ।
४. कम थाह पाउनु
: यदि टाउकोका
पराईअटल लोब भन्ने भागमा ट्युमर भयो भने हत्केला तथा पैतलाको सम्वेदना कम
हुँदै जान्छ । किनकी ट्युमरले मस्तिस्कमा थाह दिने कोशिकाहरुलाई
प्रभावित बनाउन् ।
५. शरीरको
सन्तुलन विग्रन सक्छ : यदि कसैलाई
ट्युमर भएको छ भने शरीरको सन्तुलन कहिलेकाही विग्रन सक्छ । किनकी यदि सेरिबेलमा ट्युमर रहेछ भने त्यसले शरीरको चाललाई
प्रभावित पार्छ ।
६. बोल्न समेत
अप्ठेरो : यदि कसैलाई टेपरल
लोबमा ट्युमर रहेछ भने बोल्न समेत समस्या हुन्छ । खरर बोल्न यदि अप्ठेरो
भयो जिब्रो लरर्बरियो भने ट्युमरको समेत शंका गर्नुपर्छ ।
७. नियमित काममा गडबढी
: यदि पराईअटल लोब
मा ट्युमर छ भने उसको सम्वेदना कम हुन्छ भने दैनिक गरिने सामान्य
काममा समेत गडबढी देखिन्छ । यदि सामान्य काममा बारम्बार गडबढी उत्पन्न हुन्छ र अति अप्ठेरो महसुस हुन्छ भने यतिवेला
मस्तिस्कमा गडबढी पनि हुनसक्छ भनेर बुझ्न पर्छ ।
८. व्यक्तिगत तथा
व्यवहारिक परिवर्तन : जसलाई अगाडीको भागमा ट्युमर
हुन्छ उसले आफ्नो व्यवहारमा नियन्त्रण राख्न सक्दैन । यसले नयाँ कुरा सिक्नका लागि
पनि समस्या हुन्छ ।
९. चक्कर लाग्नु
: ब्रेन ट्युमर भएको
व्यक्तिलाई एक्कासी चक्कर लाग्न सक्छ र जुनसकै बेला बेहोस हुनसक्छ । अर्थात
बारम्बार यस्तो घटना घट्यो भने टाउकोको जाँच गर्नु राम्रो हुन्छ ।
१०. सुन्नमा
समस्या : जुन व्यक्तिको टेपोलर लोबमा
ट्युमर हुन्छ उसलाई सुन्नमा समस्या हुन्छ । कहिलेकाँही सुनाईमा पूर्णरुपमा अवरुद्ध
हुन्छ ।
source:-www.nepalihealth.com

No comments:
Post a Comment