
५ असार, काठमाडौं । एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ ।
एसएलसीको नतिजाअनुसार सामान्य धारका
पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक
शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउने आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
उच्च माध्यामिक शिक्षा परिषदले
आफूअन्तर्गतका उच्च माविका भर्ना हुन ग्रेड प्वाइन्ट एभरेज जीपीए अन्तर्गत
न्यूनतम १ दशमलव ६ ल्याउनुपर्ने निर्णय यसअघि नै गरिसकेको छ । १ दशमलव ६
ग्रेडअन्तर्गत सामान्य बुझाइमा ३० देखि ४० अंकसम्म ल्याउने विद्यार्थी
पर्दछन् ।
सीटीईभीटीका सदस्यसचिव डा. रामहरि
लामिछानेका अनुसार यस कोर्सअन्तर्गत३३ वटा विषयको पढाइ सञ्चालन गर्ने
निर्णय शुक्रबार गरिएको हो । उनका अनुसार ती विषयको पाठ्यक्रम तयार
गरिसकेको छ । सीटीईभीटीले यस कोर्सलाई टीइ एसएलसी भनेको छ ।
No comments:
Post a Comment