२ असार, काठमाडौं । एसएलसीको ८२ वर्षे
इतिहासमा पहिलोपटक अक्षराङ्क अर्थात ग्रेडिङ प्रणालीबाट ‘ए प्लस’देखि
‘ई’सम्म ९ वटा ग्रेडमा नतिजा सार्वजनिक गरिएको छ ।
पास वा फेल केही नभनी सार्वजनिक गरिएको
नतिजामा ग्रेड त छुटि्टयो तर कति नम्बर आयो भन्ने कुरा स्पष्ट उल्लेख छैन,
जसले गर्दा कतिपय विद्यार्थी र तिनका अभिभावकलाई बुझाइमा केहि कठिनाइ भएको छ
।
यो कठिनाइ हटोस् भन्ने उद्देश्यले ग्रेडिङ
सिस्टमलाई हामीले स्पष्ट पार्ने कोशिस गरेका छौं । स्पष्ट हुन तलको
इन्फोग्राफिक्समा एसएलसी परीक्षाको नतिजा हेर्नुहोस् ।
उदाहरणका लागि ३.६ देखि ४ भन्दा माथि
तपाईंको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) आयो भने बुझ्नुपर्छ तपाईंको नतिजा
अति उत्तम छ र तपाईंले ९० देखि १ सय अंकको बीचमा नम्बर पाउनु भएको छ । यो
भनेको तपाईंले ए प्लस ग्रेड ल्याउनु भएको छ ।
यसैगरी ३.२ देखि माथि र ३.६ भन्दा कम तपाईंको जीपीए आएको छ भने यो ए ग्रेड हो ।
कुन नतिजा ले के पढ्न पाउ
कुन विषय पढ्न योग्य भइयो भन्ने थाहा पाउन यो तालिका हेर्नुहोस् ।
source of onlinekhabar.com



No comments:
Post a Comment