विशेषगरी गर्मीको मौसम
पसिनाले गर्दा तपाईले जति मेकअप गरे पनि त्यसको खासै उपयोगिता
हुदैन । त्यसैलाई मध्यनजर गरी मेकअप गर्नुपर्ने हुन्छ । यसका लागि म्याट प्रयोग गर्नुपर्छ । सामान्यत आइलाइनर, गाजल, सनक्रिम, फाउन्डेसन
तथा लिपिस्टिक प्रयोग गर्नुपर्छ । त्यसैले यतिबेला तल
उल्लेख गरिएका कुरामा मात्र विशेष ध्यान पुर्याउन
सके तपाईको सौन्दर्यमा निखार आउछ ।
यस मौसममा भएसम्म सन्सक्रिम तथा फाउन्डेसनको प्रयोग राम्रो मानिन्छ । त्यस्तै
नचम्किने तथा नलत्पतिने खालको मेकअप गर्ने
। यसले मेकअपलाई टिकाइराख्नुका साथै लत्पतिन दिदैन । त्यसैगरी चम्किलो देखिने आइस्याडोको प्रयोग गर्नाले अनुहार
घाममा टल्कने गर्छ । जसले अनुहारलाई भद्दा देखाउछ ।
सकेसम्म लिपिस्टिक पनि नबग्ने खालको तथा गाढा कलरको
प्रयोग नगरेकै राम्रो हुन्छ ।
यसबेला पानी पर्ने सिजन भएकोले ‘वाटरप्रुफ’ आइलाइनर तथा
मस्काराको प्रयोग उचित हुन्छ । आइलाइनरको प्रयोग गर्दा भएसम्म
पातलो लाइनर लगाउने । सकेसम्म गाजलको प्रयोग गर्ने । पसिना तथा पानीका
कारण यतिबेला गाजल बग्ने तथा पुछिने डर हुन्छ ।
गर्मीमा छाला रुखो देखिन्छ, त्यसैले नियमित क्लिन्जिङ गर्नुपर्छ । डन्डिफोर छ भने बेस
प्रयोग गर्नुपर्छ । नियमित योगा गर्नु पनि राम्रो
हुन्छ साथै एसपीएफ प्रयोग गर्न बिर्सनु हुँदैन । सौन्दर्य सामग्री तेलरहित हुनुपर्छ ।
यसका साथै पानी प्रशस्त
पिउनुपर्छ । रसयुक्त खानेकुरा अर्थात् तरबुजा, आँप, उखुजस्ता
रसिला फलफूलमा जोड दिनुपर्छ ।
source:-nepalihealth.com

No comments:
Post a Comment