Pages

Saturday, May 19, 2018

नमुना बाटोको रुपमा चिनिने सिन्धुली मा अब नचल्ने भयो १८ सिट भन्दा माथिको सवारिमा रोक

५ जेठ, सिन्धुली । बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ ।
सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुदै आएको त्यस्ता सवारी साधनलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बिपी राजमार्गमा दुई हजार एमएम भन्दा बढी ह्लिवेस भएका र १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सार्वजनिक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।



१८ सिट भन्दा बढी क्षमता भएका सवारी साधन सञ्चालनका लागि यातायात व्यवस्था कार्यालयबाट इजाजत लिनुपर्ने अन्यथा सञ्चालन गर्न नदिने उनले बताए ।
यसैगरी, १० टन भन्दा बढी वजन भएका मालबाहक सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइएको छ, प्रहरी उपरीक्षक यादवले भने, “सार्वजनिक निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युपमेन्ट तथा निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनको हकमा सडक विभागको सिफारीसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सञ्चालन स्वीकृति ल्याएमा मात्र सञ्चालन हुन दिइनेछ ।”
सवारी चलाउन इजाजत नपाएका धेरै सवारी साधन बिपी राजमार्गमा सञ्चालन भइरहँदा दैनिक दुर्घटना बढेको भन्दै उहाँले अब यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागले गरेका निर्णय कडाइका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सडक सुरक्षाका लागि यसअघि नै यस्ता सवारी रोकिनुपर्ने भए पनि नरोकिएको पाइएकाले अब इजाजत बिना सञ्चालनमा रहेका सबै सवारी साधनलाई पूर्ण रुपमा रोकिने उनको भनाइ छ ।
यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, उदयपुर, र महोत्तरीका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई इजाजत नभएका त्यस्ता यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बिपी राजमार्गमा नपठाउन आग्रह गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।
सरकारले २०७२ असोज १ गतेबाट बिपी राजमार्गमा १८ सिट क्षमता भएका यात्रुवाहक तथा १० टन भन्दा बढी वजन भएका मालवाहक सवारी साधनबाहेक अन्यलाई सञ्चालन हुन नदिने निर्णय गरेको थियो ।
निर्णय कार्यान्वयन गर्न यातायात मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालय लगायत मातहतका कार्यालयलाई पटक÷पटक पत्राचार गरेको थियो । तर यसको प्रभावकारी कार्यान्वयन हुन सकिएको थिएन् ।
                                                     source of onlinekhabar.com

Tuesday, May 15, 2018

सुर्खेतबाट हुम्ला उडेको विमान सम्पर्कविहीन

२ जेठ, काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ ।File - A chartered plane of Makalu Air. Photo courtesy: Makalu Air
बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए ।
विमानमा चालक दलका २ सदस्य मात्रै छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।बाकी समाचार आउन बाकी 
                                                  source of onlinekhabar.com


Monday, May 14, 2018

के तपाईं कपालमा परेको चाया बाट पीडित हुनुहुन्छ ।आउनुहोस हामी तपाईंलाई केहि घरेलु उपाए बताउछौ ।

१. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चाँया निको हुँदै जान्छ ।
२. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ ।
३.अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा पानीले धुने गरेमा पनि चायाँ हट्छ ।
४. नुहाउनुभन्दा एक घन्टा अगाडि  कागतीको रसले टाउको मालिस गरेमा चाँयाको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
५. अन्य ब्यक्तिले प्रयोग गरेका ब्रस, तकिया, काईंयो सकेसम्म प्रयोग नगर्ने ।
६. अण्डा फुटाएर  कपालमा राम्रोसँग लगाउने र एक घण्टा पछि त्यसलाई पखाल्ने गर्नाले चाँयाबाट मुक्ति पाउन सकिन्छ । यसमा हल्का सेम्पु प्रयोग गर्न सकिन्छ ।
७. धूलो, धूँवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्दछ । जसले गर्दा टाउकोमा फोहर जम्मा हुन पाउँदैन र चाँया पर्ने सम्भावना कम हुन्छ ।
                                                            source of nepalihealth.com

आज देउसो आएको भारी बर्षार्ले रामेछापको मन्थली बजार दुबानमा परेको छ ।

आज देउसो आएको भारी बर्षले रामेछापको मन्थली बजार दुबानमा परेको छ । वैशाख ३१, रामेछाप । अविरल वर्षपछि रणजोर खोलमा आएको बाढीले बगाउँदा रामेछापको सदरमुकाम मन्थलीमा एकजना विद्यार्थी वेपत्ता भएकी छिन् । बाढीका कारण मन्थली बजार अस्तव्यस्त भएको छ ।




सदमुकाम मन्थलीस्थित मन्थली माबिबाट मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर माबि परीक्षा केन्द्रमा ११ कक्षाको परीक्षा दिन गएकी मन्थली नगरपालिका- १ कि उष्मा फुयाँललाई रणजोर खोलाले बगाएको हो ।
उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने उद्दार गरिएको छ । उनीहरु बिहान ६ बजेको समयमा खोला तर्न लाग्दा अकस्मात आएको बाढीले बगाएको थियो । बगाएका मध्ये केहीको रणजोर खोला र केहीको तामाकोसी नदीबाट उद्दार गरिएको हो ।
वेपत्ता भएकी फुयाँलको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले रणजोर र तामाकोसी नदी किनारमा खोजी गरिरहेका छन् । उनको अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।
राति १२ बजेपछि परेको भिषण वर्षापछि आएको बाढी पहिरोले मन्थली बजार अस्तव्यस्त भएको छ । बजारमा ठाउँठाउँमा माटोका ढिस्का जम्मा भएका छन् भने हाटेचौर तथा बसपार्क क्षेत्र डुवानमा परेको छ
                                            source of onlinekhabar.com

अचमको दुनिया पेटमा मुटु ।भ्एको मान्छे

मान्छेको मुटु छातिभित्र दुइ फोक्सोको बीच भागमा हुन्छ । तर चीनका एक जना मान्छेको मुटु भने छातिमा होइन पेटमा थियो । हेनान प्रान्तका बासिन्दा हुआंग रोगमिंगको मुटु जन्मिँदै पेटको भागमा थियो र मुटु निकै बाहिर पट्टि थियो । जसका कारण उनको मुटु पेटको भागमा बाहिरैबाटै उस्किएको देखिन्थ्यो ।
यसले उनलाई ठूलो पीडा दिएको थियो, उनी सिधा भएर हिड्न पनि सक्दैनथे । तर अहिले उनले साँच्चीकै नयाँ जिवन पाएका छन् । २४ वर्षका यी युवकको मुटु अन्ततः डाक्टरहरुले पेटबाट निकालेर छातिमा राखिदिएका छन् ।
2
जिवन बदल्ने उक्त सफल सल्यक्रिया नभएको भए उनी सायद अब छिटै यो संसारबाट विदा हुन्थे । चाइना डेलीका अनुसार यी युवकको बारेमा संचार माध्यममा खबर छापिएपछि उनलाई उपचारका लागि सहयोग जुटेको हो र उनले आफ्नो उपचारमा कुनै रकम खर्च गर्नुपरेन । विचरा आफै खर्च गर्नुपरेको भए यी गरीबले कसरी सक्थे होला र ?

डाक्टरहरुका अनुसार यस्तो समस्या विश्वमा हरेक १० लाख मान्छेमा एक जनामा मात्र हुन्छ र यस्तो समस्या भएका शिशु धेरैजसो जन्मिने बित्तिकै मर्छन् ।
                                                   source of onlinekhabar.com

Saturday, May 12, 2018

म त pregnant भएछु । नेपाली जोक्स

स्वास्नी : तपाईंलाई एउटा कुरा सोधौं ? कुट्नु त हुन्न नी ?
लोग्ने : भनन ,,, सित्तैमा किन कुट्नु ,,,,
स्वास्नी : म त pregnant भएछु |
लोग्ने : हो र !! अनी यो त खुशीको खबर हो त ,, यस्तो खुशियालीमा पनी कुट्ने कुरा आउँछ ?
स्वास्नी : हैन की ,, तपाईं संघ बिहे हुनु भन्दा पहिला एक चोटी यस्तो कुरा सुनाउँदा बुबाले पेटी पेटीले कुट्नु भाको थियो नी,,,,,,,,,,,

के तपाईंको नसा फुलेने समस्या छ (यसलाई भेरीकोश भनिन्छ)के हो यो कसरी उपचार गर्ने ।

हामीमध्ये धेरैले देखेका छौँ, कतिपयको खुट्टाको नसा अस्वभाविक रुपमा फुलेको हुन्छ । कतिको खुट्टाको पिडौँलामा निलो रङमा नसा जेलिएको देखिन्छ । यसैलाई भनिन्छ भेरिकोस भेन्स अर्थात फुलेका नसाहरु ।
यस्तो समस्या के कारणले हुन्छ ?
यहि कारणले हुन्छ भन्ने छैन तर धेरै उभिने मानिसहरुमा यस्तो समस्या बढी हुन्छ । सुत्केरी अवस्थामा पनि यस्तो समस्या देखिन्छ । मोटापनाको शिकार भएका व्यक्तिलाई पनि नसा फुल्ने समस्याले सताउँछ ।
त्यसबाहेक यो समस्या जीनबाट सर्ने अर्थात बंशाणुगत पनि हो । जस्तो बाबा आमा हजुरबुवा हजुरआमालाई यस्तो समस्या छ भने सन्तानलाई पनि हुने सम्भावना रहन्छ ।
पुरुष भन्दा महिलालाई बढी  ?
यो समस्या महिला पुरुष दुबैलाई हुन्छ । तर बढी जसो महिलालाई भएको पाइन्छ । नसा फुल्ने समस्या जुनसुकै उमेरकालाई पनि हुनसक्छ । तर बढी जसो ४० देखि ५० बर्ष उमेरका व्यक्तिहरुमा देखिन्छ ।
नसा फुल्ने समस्या बढी खुट्टामा देखिन्छ तर यस बाहेक अन्य भागमा पनि देखिनसक्छ । जस्तै छाती, पेट, हात, योनी तथा मलद्धार वरिपरि पनि यस्तो समस्या बढी हुनसक्छ ।
उपचार पद्धती के हो त ?
नसा फुल्ने समस्या भएका विरामीहरुको लागि धेरै खाले उपचार पद्धती छ ।  जस्तो चिरफार अर्थात अप्रेसनद्धारा गरिने उपचार विधि पनि छ । विना अप्रेशन गरिने उपचार विधि पनि छ ।
चिरफार अर्थत शल्यक्रिया विधि नेपालमा धेरै पहिले देखि नै चलि आएको विधि हो । अहिले त कम चिरफार गरी उपचार गर्ने विधि आईसकेको छ । ती मध्ये केही विधिहरु यसप्रकार छ :

पारम्परिक सर्जरीहरु :
यसमा ‘साफेनो फेमोरल जङसन’ नजिक चिरेर नसा बाधिन्छ । साथै ‘स्ट्रिपिङ’ पनि गरिन्छ । तर यी पद्धतीहरु बढी मोटो, तथा ठूला ठूला नसा(भेरिगोज) भएकाहरुमा गाह्रो हुँदै गयो । जसका कारण नयाँ पद्धतीको विकास गरियो । अहिले विना चिरफार अप्रेसन गर्ने पद्धतिको विकास भएको छ । ती मध्ये केही पद्धतीहरु यस्ता छन् ।
थर्मल प्रविधिहरु ( रेडियो फ्रिक्वेन्सी र लेजर ) : यी उपचार पद्धतीहरु चिरफारको नयाँ विकल्पहरु हुन् । यसमा समस्यामा भएको ठाँउमा छिराएर तापले नसालाई भित्रै ‘भास्कुलर’ अल्ट्रासाउन्डमा हेरि ‘अव्लेसन’ गरिन्छ ।
यो उपचार सामान्य एनेस्थेसियामा पनि गर्न सकिन्छ । उपचार पछि विरामी त्यहि दिन हिडन सक्छ । घर फर्कन पनि सक्छ । अर्कोदिनबाट साधारण काम काज गर्न सक्छ । यी सेवाहरु नेपालमा उपलव्ध छन् ।
                                                                            source of nepali health.com