Pages

Tuesday, July 24, 2018

आउनुहोस सरकारी तथा गैर सरकारी सस्थामा कायारत कर्मचारी लाई खुशीको खबर


अब सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा दिन प्रस्ताव गरिएको छ ।
‘कुनै गर्भवतीलाई उक्त बिदा अपुग भए स्वास्थ्यकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्नेछ,’ विधेयकमा छ । भदौ मसान्तसम्म पारित गराउने तयारीसहित बनाइएको विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको १५ दिन प्रसूति स्याहार बिदा पाउने छन् ।
‘सुत्केरी हुनुअघि वा पछि बिदा र तलब दिने कुरा एकदमै राम्रो छ,’ स्वास्थ्यकर्मी डा.अरुणा उप्रेतीले स्वास्थ्य मन्त्रालयमा आयोजित छलफलमा भनिन्, ‘तर यसको गलत फाइदा नउठाइयोस् ।’
आफ्नो कार्यालयमा कार्यरत महिलालाई बच्चा जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउन सम्बन्धित संस्थाले व्यवस्था मिलाउनुपर्ने छ । विधेयकमा महिलालाई चिकित्सकको रायबमोजिम प्रजनन स्वास्थ्य रुग्णता (मर्बिडिटी) को कारणले जटिल शल्यक्रिया गर्नुपर्ने भए त्यस्तो शल्यक्रिया अघि वा पछि कम्तीमा ३० दिनसम्म तलबसहित अतिरिक्त बिदा दिन प्रस्ताव गरिएको छ ।
‘प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक बनाउनु ठूलो उपलब्धि हो,’ अधिवक्ता सविन श्रेष्ठले भने, ‘यसलाई संवैधानिक सीमाभित्र ल्याउन जरुरी छ ।’
मुलुकको पश्चिमी भेगमा अहिले पनि गोठमा बच्चा जन्माउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मी राधा पौडेलले भनिन्, ‘यी विषय पनि विधेयकमा समेटिनुपर्छ ।’ प्रत्येक महिलालाई गर्भपतन सेवा प्राप्त गर्ने तथा पोषणयुक्त र सन्तुलित आहार पाउने अधिकार हुने छ ।
किशोरकिशोरी तथा महिलालाई धर्म, वर्ण, जातजाति, पेसा, भौगोलिक क्षेत्र, यौनिक अभिमुखीकरण, शारीरिक वा स्वास्थ्य अवस्था, वैवाहिक स्थिति, वैचारिक आस्था, कुनै रोग तथा संक्रमण, प्रजनन स्वास्थ्य रुग्णताको अवस्था, व्यक्तिगत सम्बन्ध वा यस्तै अन्य कुनै आधारमा प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व र सुरक्षित गर्भपतन सेवाको हकमा भेदभाव गर्न नपाइने विधेयकमा उल्लेख छ ।
बाबुको पहिचान हुन नसकेको वा बाबुको नाम उल्लेख गर्न नचाहनेको हकमा सोही व्यहोरा खुलाई आमाको नाम राखेर शिशु जन्मेको प्रमाणपत्र दिनुपर्ने छ । बलपूर्वक परिवार नियोजन र गर्भपतन गराउन नपाइने व्यवस्था छ । ‘कानुन बनाएर मात्र पुग्दैन, त्यसलाई कार्यान्वयन गर्न सक्नुपर्छ,’ छलफलमा सहभागी सांसद सुजिता शाक्यले भनिन् ।
‘हामी अधिकारका नाममा समाजमा विकृति भित्र्याउने मनस्थितिमा छैनौं,’ स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले छलफलमा भनिन्, ‘यो लाइनबाट अगाडि बढ्दै बढ्दैनौं ।’ उनले विधेयक बनाएर छलफलमा ल्याउन निकै संघर्ष गर्नुपरेको बताइन् ।
‘यो प्रस्ताव छलफलका निम्ति बाहिर ल्याइएको छ । कानुन आयोगमा पनि छलफल भएर यहाँ आएको हो,’ उनले भनिन्, ‘सबैको सल्लाह–सुझावलाई समेट्दै संसद्मा छलफलका लागि लैजान्छौं ।’
                                                                                     source of nepalihealth.com

Thursday, June 21, 2018

के तपाईं आफ्नो मोबाईल फोन को इस्टोरेज फुल भएर हैरान हुनुहुन्छ आउनुहोस स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ टिप्स

फ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ ।
मोबाइलमा तपाइँले राखेका वा सिर्जना गरेका विभिन्न डाटाहरुले स्टोरेज भरिएर खाली गर्न भनी पटकपटक नोटिफिकेसन आउँदा दिक्कै हुन्छ । स्मार्टफोनमा निकै महत्त्वपूर्ण डाटा तथा सामाग्रीहरु हुनसक्छन् । यस्तोमा मेमोरी खाली गर्नका लािग सबै डाटालाई जथाभावी डिलिट गर्ने कुरा पनि भएन । र, अर्को बुझ्नुपर्ने कुरा के भने हाम्रो मोबाइलमा केही त्यस्ता अनावश्यक सामाग्री पनि हुन्छन् जसलाई सावधानीपूर्वक हटाउने हो भने केही स्टोरेज खाली हुन्छ । तसर्थ स्मार्टफाेनकाे स्टोरेज स्पेस खाली गर्न यी उपायहरु अपनाउनु पर्दछः
Image result for smartphonephoto

१. अनावश्यक एपहरु अनस्टल गर्नेः एपहरुले स्मार्टफोनमा स्टोरेजको ठूलो हिस्सा ओगटेका हुन्छन् । त्यसैले आफुले प्रयोग नगर्ने वा प्रायः प्रयोगमा नआउने एपहरु अनस्टल गर्नु पर्दछ ।
२. फ्रि अप स्पेस अप्सनको प्रयोग गर्नेः यदि तपाइँको स्मार्टफोनमा एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम प्रयोग भएको छ भने त्यसमा जंक डाटा हटाउने बिल्टअप फिचर उपलब्ध हुन्छ । स्मार्टफोनमा रहेका जंक डाटा हटाउनका लगि सेटिंग अप्सनमा जाने र त्यहाँ रहेको स्टोरेज खण्डभित्र रहेको फ्रिअप स्पेसनमा ट्याप गरी डिलिट गर्न चाहेका जंक फाइलहरु छनोट गरी डिलिट गर्न सकनुहुन्छ ।
३. मल्टिमिडिया सामाग्री हटाउनुहोस्ः फोटो तथा भिडियोले मोबाइलको स्टोरेजमा धेरै भाग ओगटेका हुन्छन् । त्यसले आफुलाई अत्यावश्यक बाहेक दोहोरिएका वा अन्य अनावश्यक फोटो, भिडियो तथा म्युजिक फाइल डिलिट गर्नुपर्दछ ।
४. क्लाउडको प्रयोगः आफ्ना फाइलहरुलाई क्लाउडमा सेभ गरी त्यसलाई आफ्नो स्मार्टफोनबाट डिलिट गर्न सक्नुहुन्छ । उदाहरणका लागि गुगल फोटोज एपमा तपाइँ आफ्ना फोटोहरु निशुल्क रुपमा स्टोर गर्न सकनुहुन्छ । त्यस्तै गुगल ड्राइभ, ड्रपबक्स, वन ड्राइभ आदिजस्ता क्लाउड सर्भिसलाई पनि तपाइँ आफ्ना स्मार्टफोनका डाटा ब्याकअप गर्नमा प्रयोग गर्न सक्नुहुन्छ र त्यसरी ब्याकअप गरिसकेपछि आफ्नो स्मार्टफोनलाई खाली गराउन सक्नुहुन्छ ।
५. स्मार्टफोन रिसेट गर्नेः यदि माथि उल्लेखित उपायहरुले पनि काम गरेन भने तपाइँ स्मार्टफोनमा फ्याक्ट्री रिसेटको विकल्प प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाइँको स्मार्टफोनका सबै डाटा डिलिट गरिदिन्छ । तर यसो गर्नुअघि स्मार्टफोनका डाटाहरु कतै ब्याकअप राख्न चाहीँ नबिर्सनुहोला ।

                                                         source of onlinekhabar.com

Tuesday, June 19, 2018

अायो खुशीको खबर कक्षा ११ र १२ मा यो वर्ष पुरानै पाठ्यक्रम

 Image result for photo gallery of student

६ असार, काठमाडौं । चौतर्फी आलोचना भएपछि कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यो वर्ष पूर्णरुपमा लागू नहुने भएको छ ।
नयाँ पाठ्यक्रममा गणित र विज्ञान विषय अनिवार्य नबनाइएपछि आलोचना हुँदै आएको छ । त्यसैले राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषदले यस वर्ष पूर्णरुपमा नयाँ पाठ्यक्रम लागू नगर्ने निर्णय गरेको छ । 
परिषदका आमन्त्रित सदस्य एवम् राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि गौतमले भने, ‘यो वर्ष केही विद्यालयमा परीक्षण गरेर मात्अर र्को वर्षदेखि लागू गर्ने हुन्छ ।’
नयाँ पाठ्यक्रममा गणित र विज्ञानलाई एउटै समूहमा राखेर कुनै एउटा रोज्ने व्यवस्था थियो । यो व्यवस्थाबाट गणित र विज्ञान दुवै विषय पढ्न चाहनेले कुनै एउटा मात्र विषय पढ्नुपर्ने बाध्यता थियो । नयाँ पाठ्यक्रमको आलोचकहरुले गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने तर्क गरेका थिए ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले नयाँ पाठ्यक्रम लागू गर्नुअघि परीक्षण गर्ने परम्परा रहेकाले सोहीअनुसार अगाडि बढ्ने बताए । उनका अनुसार सुरुमा विज्ञहरुसँग परामर्श गरेर नै गणित र विज्ञानलाई ऐच्छिक बनाइएको थियो तर, पछि आलोचना भयो ।
गणित समाजका अध्यक्ष प्रा. डा. टंकनाथ धमलाका अनुसार गणित र विज्ञान विषय अनिवार्य नगरिँदा दक्ष जनशक्ति उत्पादनमा वाधा पुग्ने छ । नयाँ पाठ्यक्रमले कक्षा ११ र १२ का करिब पाँच लाख विद्यार्थीहरुलाई ठूलो अन्याय हुने र विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने उनको तर्क छ ।

                                                                                               source of onlinekhabar.com

Saturday, June 9, 2018

के तपाईंको लाइसेन्स आएन भनेर चिन्तित हुनुहुन्छ अब आयो स्मार्ट लाइसेन्स परीक्षाको नतिजा र प्रिन्ट भए/नभएको सूचना एसएमएसबाटै

२६ जेठ, काठमाडौं । अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए/नभएको जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । ट्रायल पास भएपछि, रिन्यू र वर्ग थपका लागि दिएको आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि अब विभागमा पटक-पटक जानुपर्ने छैन ।
यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याएको हो । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिनेछ ।
त्यसैगरी विभागले आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि एसएमएसको सुविधा सुरु गरेको छ । यसका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिने छ ।
विभागले हालै ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको छ । अहिले झण्डै ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । अबको २ महिनाभित्र लाइसेन्सका अभावसम्बन्धी सम्पूर्ण समस्या हट्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए .
                                                       source of onlinekhabar.com

Thursday, June 7, 2018

जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङमा दुर्घटना, एकको मृत्यु, ११ गम्भीर घाइते

५ जेठ, दाङ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ-लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते छन् ।
ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको हो ।


 Image result for accident image
दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु भएको हो ।
चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बस सडकबाट तल खोलामा खसेको छ ।
बसमा ३३ जना सवार थिए । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।
पाँच महिला, तीन पुरुष, दुई बालिका र एक बालक गरी जम्मा ११ जनाको अवस्था गम्भीर रहेको लमही प्रहरीले जनाएको छ ।
                                                                                                source of onlinekhabar.com

Saturday, May 19, 2018

नमुना बाटोको रुपमा चिनिने सिन्धुली मा अब नचल्ने भयो १८ सिट भन्दा माथिको सवारिमा रोक

५ जेठ, सिन्धुली । बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ ।
सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुदै आएको त्यस्ता सवारी साधनलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बिपी राजमार्गमा दुई हजार एमएम भन्दा बढी ह्लिवेस भएका र १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सार्वजनिक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।



१८ सिट भन्दा बढी क्षमता भएका सवारी साधन सञ्चालनका लागि यातायात व्यवस्था कार्यालयबाट इजाजत लिनुपर्ने अन्यथा सञ्चालन गर्न नदिने उनले बताए ।
यसैगरी, १० टन भन्दा बढी वजन भएका मालबाहक सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइएको छ, प्रहरी उपरीक्षक यादवले भने, “सार्वजनिक निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युपमेन्ट तथा निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनको हकमा सडक विभागको सिफारीसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सञ्चालन स्वीकृति ल्याएमा मात्र सञ्चालन हुन दिइनेछ ।”
सवारी चलाउन इजाजत नपाएका धेरै सवारी साधन बिपी राजमार्गमा सञ्चालन भइरहँदा दैनिक दुर्घटना बढेको भन्दै उहाँले अब यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागले गरेका निर्णय कडाइका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सडक सुरक्षाका लागि यसअघि नै यस्ता सवारी रोकिनुपर्ने भए पनि नरोकिएको पाइएकाले अब इजाजत बिना सञ्चालनमा रहेका सबै सवारी साधनलाई पूर्ण रुपमा रोकिने उनको भनाइ छ ।
यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, उदयपुर, र महोत्तरीका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई इजाजत नभएका त्यस्ता यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बिपी राजमार्गमा नपठाउन आग्रह गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।
सरकारले २०७२ असोज १ गतेबाट बिपी राजमार्गमा १८ सिट क्षमता भएका यात्रुवाहक तथा १० टन भन्दा बढी वजन भएका मालवाहक सवारी साधनबाहेक अन्यलाई सञ्चालन हुन नदिने निर्णय गरेको थियो ।
निर्णय कार्यान्वयन गर्न यातायात मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालय लगायत मातहतका कार्यालयलाई पटक÷पटक पत्राचार गरेको थियो । तर यसको प्रभावकारी कार्यान्वयन हुन सकिएको थिएन् ।
                                                     source of onlinekhabar.com

Tuesday, May 15, 2018

सुर्खेतबाट हुम्ला उडेको विमान सम्पर्कविहीन

२ जेठ, काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ ।File - A chartered plane of Makalu Air. Photo courtesy: Makalu Air
बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए ।
विमानमा चालक दलका २ सदस्य मात्रै छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।बाकी समाचार आउन बाकी 
                                                  source of onlinekhabar.com