के तपाइँले जमिनमुनि बसाइएको कुनै गाउँका
बारेमा सुन्नुभएको छ ? सायद सुन्नुभएको छैन होला । यो दुनियामा यस्तो पनि
वस्ती छ जो पूरै भूमिगत छ । दक्षिण अस्ट्रेलियामा रहेको कूबर पेडी गाउँ
दुनियाको अनौठो भूमिगत गाउँ हो ।
यहाँका मानिसहरुले ओपलका खानीहरुभित्र घर
बनाएका छन् । यो गाउँमा ठूलो संख्यामा ओपल खानी रहेका छन् । त्यसैले यसलाई
संसारको ओपल राजधानी पनि भनिन्छ । ओपल भनेको सेतो रंगको निकै बहुमुल्य
पत्थर हो ।
कूबर पेडी मरुभूमि क्षेत्रमा रहेको छ ।
यहाँ गर्मीमा तापक्रम निकै उच्च हुन्छ भने जाडो महिनामा निकै कम । त्यसैले
मानिसहरुले तापक्रम घटबढबाट अनुकुलित हुनका लागि यसरी जमिनमुनि घर बनाएका
हुन्छन् । घरहरु बाहिरबाट त माटोबाट बनेका खाल्डा झैँ प्रतित हुन्छन् । तर
भित्रबाट यिनको सजावट कुनै महलको भन्दा कम हुँदैन । यहाँका झण्डै ६०
प्रतिशत मानिस भूमिगत घरहरुमा बस्ने गरेका छन् ।
जमिनमुनि भएकाले यी घरहरुमा तापक्रम
सन्तुलित रहन्छ । न त गर्मीमा एसी चाहिन्छ, न त जाडोमा हिटर । यो गाउँमा
थुप्रै हलिउड फिल्मको पनि सूटिंग गरिएको छ ।
सन् १९१५ देखि उक्त क्षेत्रमा खानी खन्ने
काम सुरु भएको थियो । खानी उत्खनन तिव्र भएपनि स्थानीय मानिसहरुले निकै
कठिनाइको सामना गर्नुपरेको थियो । तर उत्खनन सकिएसँगै मानिसहरुलाई खानीका
खाल्डाभित्र बस्न निकै हाइसन्चो भएको छ ।
source : onlinekhabar.com
source : onlinekhabar.com
No comments:
Post a Comment