
पहिल्लो समय काठमाडौंलगायत आसपासका क्षेत्रमा पार्किन्सन्सका विरामी बढ्न थालेका छन् । यो रोग पहिले-पहिले उमेर पुगेका मानिसमा मात्र लाग्छ भन्ने भ्रम थियो । यसलाई मानिसहरुले प्यारालाइसिससित दाँज्ने गर्थे ।
तर, पछिल्लो समय यो रोग युवामा पनि देखिन
थालेको छ । दुई/चार वर्ष यता यो रोग विशेषगरी ३५ वर्ष देखि ५० वर्ष उमेर
समूहका मानिसमा व्याप्त छ ।
यो रोग कलिलै उमेरमा पनि देखिने गर्छ । जब
दिमागले डोपामिनको उत्पादन गर्न सक्दैन, तब यो रोग मानिसहरुमा देखिन थाल्छ
। केहीमा यो वंशाणुगत पनि हुन्छ ।
पार्किन्सन्स रोग विशेषगरी ‘डोपामिन’
भन्ने तत्वको कमीले लाग्ने गर्छ । दिमागको एउटा कोषिकाले ‘डोपामिन’ नामक
तत्व बनाउने गर्छ । यसले शरीरमा लचकता ल्याउनुका साथै शरीरलाई चुस्त
स्फुर्त राख्न मद्दत गर्छ ।
त्यसैले यसलाई मोटर डिजिज पनि भनिन्छ । यो
दश लाख मानिसमध्ये एक जनालाई लाग्छ । विश्वमा यस रोगका विरामी पाँच लाखको
हाराहारीमा रहेका छन् ।
रोगका लक्षण
हातखुट्टा काँप्ने, दिमाग सुस्त हुँदै
जाने, बोली लर्बरिने, शरीरले काम नगर्ने यसका प्रमुख लक्षण हुन् ।
पार्किन्सन्स एकपटक लागेमा निको हुन गार्हो पर्छ ।
यो साधारणतया दिमागका कोषिकाले डोपामिन
बनाउन नसक्दा ५०/६० वर्ष उमेरका मानिसमा देखा पर्ने रोग हो । यसले शरीरलाई
निस्कृय बनाउदै लैजान्छ । शरीरलेे राम्ररी काम गर्न सक्दैन । दिमाग सुस्त
हुँदै जान्छ । बोली लर्बरिन्छ । अनुहारको चमकता कम हुँदै जान्छ । शरीरका
अंगहरुले विस्तारै विस्तारै काम गर्न छोड्छ । शरीरका मांशपेशी कडा भएर
जान्छ । आठ-दश वर्षमा शरीर पुर्णरुपमा अशक्त हुन्छ ।
पार्किन्सन्स दुई प्रकारका हुन्छन् । एउटा
विस्तारै विस्तारै असर गर्ने । अर्को छिट्टै असर गर्ने । विस्तारै असर
गर्नेको हकमा यो रोग लागेको व्यक्तिलाई सुरुमा हात-खुट्टा काँप्ने,
छट्पटाहट हुने गर्छ । विस्तारै विस्तारै डिमेन्सिया हुँदै हुँदै यसले असर
गर्न थाल्छ । जबकि अन्य रोगका कारण पार्किन्सन्स हुने विरामीको हकमा भने
यसले छिट्टै असर गर्छ । यतिसम्म की रोग पत्ता लागेको दुइै/तीन वर्ष भित्रमा
शरीरले पुर्णतया काम गर्न छोड्छ ।
यो रोग किटनाशक औषधीको प्रयोग गर्नेहरुमा
पनि बढी देखिने गरेको छ । त्यसबाहेक बक्सिङ्ग खेलाडीहरुमा पनि यो रोग बढी
मात्रामा देखिन्छ । बारम्बार टाउकोमा मुक्का हान्दा दिमागका कोषिका मर्न
थाल्छन् । फलस्वरुप त्यसले उक्त तत्व बनाउन सक्दैन र मान्छेमा यसको लक्षण
देखा पर्छ ।
त्यसो त यो रोग मानिसलाई पहिले पनि लाग्ने
गर्दथ्यो । तर यो रोग के हो भन्ने थाहा थिएन । अहिले नयाँ नयाँ उपचार
पद्धति आए । मानिसहरुले यसबारे जानकारी पाउन थाले । सजिलै रोग पत्ता लाग्न
थाल्यो । उपचार छिटो हुन थाल्यो ।
उपचारमा नयाँ प्रविधि
तर विडम्बना नियमित औषधीको प्रयोगले
शरीरलाई चुस्त राख्न त मद्दत गर्छ । तर यो रोगको दीर्घकालीन उपचार भने
खासै छैन । यति हो कि छिटो उपचार भएको खण्डमा मानिसले स्वस्थ जीवन बाच्न
पाउँछ ।
पछिल्लो समय नेपालमा डिपब्रेन
स्टिमुलेसन्स् (डिबिएस्) प्रविधि भित्रिएको छ । पार्किन्सन्स् रोगको औषधीले
काम गर्न छोडेमा अथवा औषधीले काम नगरेको अवस्थामा यो प्रविधिको प्रयोग
विरामीमा गरिन्छ । यो मुटुमा राखिने पेसमेकर जस्तै हो । दिमागले काम गर्न
छोडेको अवस्थामा मानिसको दिमागमा यो प्रविधि जडान गरिन्छ । यसले दिमागलाई
पुनः सक्रिय बनाई पहिले जसरी नै काम गर्न मद्दत गर्छ । यो प्रविधि जडानका
लागि विदेशबाट समेत चिकित्सकको टोली नेपाल आउने गरेका छन् । पछिल्लो समय
नेपाली हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठमा पनि डिबिएस् प्रविधि जडान गरिएको
थियो ।
source :- onlinekhabar.com
No comments:
Post a Comment