छालाको सेवासियस भनिने तेल
ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी
डण्डिफोर निस्केको भन्छौँ । तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु
नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा
हुनेगर्छ ।
डण्डिफोर स्वास्थ्यका लागि
भयंकर समस्या मानिदैन यद्धपी यसको आगमनले मानिसको आकर्षणमा चिसो पना पैदा गर्छ ।
अनुहारमा देखिने डण्डिफोले अनुहारको चमक नै हराइदिन्छ । त्यसैले कतिपय
युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन
। डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ, तर हामी
यसपटक यहाँलाई दैनिक जीवनमा प्रयोग भइरहेका बस्तुहरुको प्रयोगबाट डण्डिफोर हटाउने
घरेलु उपायबारे जानकारी दिन्छौँ । ती उपायहरु यसप्रकार छन् ।
१. बरफ :
बरफलाई कपडाले छोपेर डण्डिफोर भएको ठाँउमा केही
सेकेण्ड राख्नुस अनि झिक्नुस । फेरी राख्नुस अनि फेरी झिक्नुस । यो प्रक्रिया केही
समय दोहोर्याई रहनुस । यसो गर्दा डण्डिफोरमा देखिने रातोपना, फुलाई तथा
दुखाई कम हुन्छ । त्यतिमात्रै होइन यो प्रक्रियाले संक्रमित छालामा रक्तसञ्चार
राम्रो भई छालाको प्वालबाट फोहर तथा तेल बाहिर निकाल्न मद्धत समेत गर्छ ।
२. कागती :
कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ । तर
यसका लागि ताजा कागती चाहिन्छ । बोतलमा राखिएको कागतीको बासी रसले काम गर्दैन ।
किनकी बासी रसमा अरु पनि रसायन हुने भएकोले यसले थप उल्टो असर गर्न सक्छ ।
त्यसकारण तपाईँ ताजा कागती लिनुस राती सुत्नु अघि सफा कपडाले कागतीको रसमा डुबाएर
डण्डिफोर भएको छालामा लगाउनुस र अर्को दिन विहान सफा पानीले छाला सफा गर्नुस ।
यसले तपाईँको अनुहारमा देखिएका डण्डिफोरहरु छिटो निको हुन मद्धत गर्छ
३. टूथपेस्ट :
टूथपेस्टलाई पनि डण्डिफोर हटाउन प्रयोग गर्न सकिन्छ ।
तपाईँलाई हामीले माथिनै सिकाएको बरफको उपाय पछि यो उपाय प्रयोग गर्नुभयो भने अझ
प्रभावकारी हुन्छ । टूथपेष्टलाई राती सुत्ने बेलामा डण्डिफोरमा लगाउनुस र विहान
सफा पानीले मुख धुनुस । तपाईँको डण्डिफोर सुन्निने अवस्थामा कम हुनेछ । यसलाई
दिउसो पनि प्रयोग गर्न सकिन्छ । तर याद गर्नुस टूथपेष्ट कम्तिमा आधा घण्टा तपाईँको
डण्डिफोरमा रहनै पर्छ ।
४.पानीको बाफ :
बाफ छालाको उपचारको लागि एकदम प्रभावकारी मानिन्छ ।
यसले छालाको प्वालहरु खोल्छ र यसमा जम्मा भएको तेल, फोहर
किटाणुहरु हटाउछ । ठूलो भाडामा तातो पानी राख्नुस र १०-१५ मिनेटसम्म बाफ तपाईँको
डण्डिफोर संक्रमित छालामा पर्न दिनुस । त्यसपछि तातो पानीले सफा गरी छाला सुख्न
दिनसु अनि तेलरहीत मोस्चराइजर प्रयोग गर्नुस
५.लसुन :
लसुनमा पाइने सल्फरले डण्डिफोरलाई चाँडो निको पार्न
मद्धत गर्छ । लसुनको पोटीलाई दुईपिस गरी त्यसलाई डण्डिफोरमा लगाउनुस करीब ५ मिनेट
पछि सफा मनतातो पानीले छाला सफा राख्नुस । यो प्रक्रिया हरेक दिन ३-४ पटक
दोहोरयाउनु चाँडो ठिक हुन्छ ।
लसुन हरेक दिन एक पोटी खाने गर्नाले तपाईँको रगत सफा गर्न मद्धत गर्छ
लसुन हरेक दिन एक पोटी खाने गर्नाले तपाईँको रगत सफा गर्न मद्धत गर्छ
६.मह :
महमा हुने प्राकृतिक एन्टीव्याक्टेरियल विशेषताले
छालाको संक्रमण हुन नदिनुको साथै संक्रमण निको गर्न मद्धत गर्छ ।
सफा कपडालाई महमा डुवाएर संक्रमित छालालाई छोपेर राख्नुस र करीब आधा घण्टा मनतातो पानीले छाला सफा गर्नुस । यो प्रक्रिया हरेक दिन २ ३ पटक गर्नुस । त्यस्तै दालचिनी र महलाई मिसाई लेप बनाएर छालामा लगाउने गर्नाले पनि डण्डिफोर चाँडो निको हुन्छ ।
सफा कपडालाई महमा डुवाएर संक्रमित छालालाई छोपेर राख्नुस र करीब आधा घण्टा मनतातो पानीले छाला सफा गर्नुस । यो प्रक्रिया हरेक दिन २ ३ पटक गर्नुस । त्यस्तै दालचिनी र महलाई मिसाई लेप बनाएर छालामा लगाउने गर्नाले पनि डण्डिफोर चाँडो निको हुन्छ ।
६. काँक्रो :
काँक्रोमा पाइने भिटामिन ए सी र इ तथा यसको चिसो
बनाउने विशेषताले छालाको लागि एकदमै फाइदा जनक छ । काँक्रोको सानो सानो टुक्रा
बनाई त्यसलाई सफा पानीमा भिजाउनुस । यसो गर्दा यसमा भएको भिटामिन ए, पोटासियम र
क्लोरोफिल पानीमा जान्छ । यो पानी पिउनुस अथवा छालामा लगाउनुस । अथवा काँक्रोलाई
पिधेर पेष्ट बनाई त्यसलाई छालामा लगाउनुस । करीब १५ मिनेटपछि मनतातो पानीले छाला
सफा गर्नुस । यसले छालामा हुने फोहोर तेल र किटाणु हटाउछ ।
मेवा :
मेवामा हुने भिटामिन ए , इन्जाइम तथा यसको जलन कम गर्ने
र छाला मुलायम बनाउने विशेषता ले गर्दा यसलाई छालारोग उपचारको लागि प्रयोग गर्न
सकिन्छ । मेवा पिधेर त्यसको जुस छालामा डण्डिफोरमा लगाएर १५२० मिनेट छाडिदिनुस र
त्यसपछि सफा मनतातो पानीले सफा गर्नुस अथवा मह र मेवा मिसाई लेप बनाउनुस त्यसलाई
छालामा लगाउनुस र सुक्नन दिनुस । सुकेपछि मनतातो पानीले सफा गर्नुुस तपाईँको
छालामा निस्केका विविरा तथा डण्डिफोर हराएर जान्छ ।
source:-nepalihealth.com
No comments:
Post a Comment