२८ जेठ, काठमाडौं । चोरी गरिएको रकमको
लोभमा आफ्नै साथीको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोकका बलराम ज्योतिलाई
प्रहरीले काठमाडौंको दक्षिणढोकाबाट पक्राउ गरेको छ ।
उनीमाथी
बौद्ध तीनचुलेमा संगै कोठामा बस्ने साथी लाक्पा तामाङलाई रडले टाउकोमा
प्रहार गरी हत्या गरेको आरोप छ । सिन्धुपाल्चोक दुवाचौरका उनीहरु सात
बर्षदेखि एउटै कोठामा बस्दै आएका थिए ।
गत बैशाख २० गते राति रक्सी खाएर चोरी
गर्न निस्केका उनीहरु तीनचुलेको छहारी क्लव परिषरमा रक्सीले बेहोर भएर
सुतेका मानिससँग १० हजार लुटेर भागेका थिए । पैसा लुटेर भाग्ने क्रममा
नजिकै बन्दै गरेको घरबाट रडको टुक्रा लिएका ज्योतिले आरुबारीस्थित मंगलमान
श्रेष्ठको खेतमा पुगेपछि साथी लाक्पालाई सोही रडले टाउकोमा प्रहार गरी
हत्या गरेको प्रहरीले जनाएको छ ।
त्यसपछि सिन्धुपाल्चोक र काठमाडौंमा
लुकिछिपी बस्दै आएका उनलाई प्रहरीको अपराध महाशाखाले हिजो पक्राउ गरेको हो ।
उनी यसअघिपनि चोरी र डाँकागिरीको मुद्धामा पक्राउ पर्दै छुट्दै गरेका
पेशेवर चोर थिए । अभियुक्त ज्योतिलाई आवश्यक कारबाहीका लागि महानगरीय
प्रहरी परिषर बौद्धमा राखिएको छ ।
source:- onlinekhabr.com
No comments:
Post a Comment