गर्मी मौसम सुरु
भएको छ । यो मौसम आँखाको एलर्जी बढाउने, सुख्खा हुने
मौसम हो । त्यसैले बढदो गर्मीसंगै आँखाका समस्या लिएर अस्पताल
धाउनेको संख्या समेत बृद्धि हुन थालेको छ । यो
मौसममा प्राय मानिसहरुका आँखामा रातो हुने, चिलाउने, विजाउने, आँखाको
वरिपरी कचेरा (चेप्रा) लाग्ने समस्या देखिन सक्छ ।
मौसमको कारणले हुने एलर्जी
प्राय ९–१० वर्ष देखी २०–२२ वर्ष
सम्मका युवाहरुलाई बढी सताउछ । अझ त्यसमा पनि केटी भन्दा केटाहरुलाई
बढी समस्या हुन्छ । केटालाई समस्या बढी देखिनुको कारण रगतमा हुने
फरक हार्मोनको कारणले हो ।
किन हुन्छ यो
मौसममा समस्या ?
चैत बैशाख बसन्त ऋतु
बोटविरुवाहरु पालुवा पलाउने, बढी फुल
खेल्ने समय पनि हो । सुख्खा हुने र बढी हावाहुरी चलेर धुलो पनि यहि मौसम
नै हो । यहि मौसममा घाम समेत चर्को हुुन्छ ।
रुख विरुवाको फुल फुल्दा त्यसमा
असंख्य पराग (पोलिनग्रिन)हरु हुन्छ । तर ती ‘पोलिनग्रीन’हरु हावाको
बेगसंगै फुलबाट छुटिन्छ र बाताबरणमा घुमिराखेको हुन्छ । हावाकै
माध्यमबाट त्यो हाम्रो आँखा भित्र छिर्छ । त्यो
पोलिनग्रीनहरुले आँखाको भागमा पर्ना साथ चिलाउने आँखा रातो
हुने र चेप्रा लाग्ने गर्छ । तर यो सरुवारोग भने होइन ।
गर्मीका बेला मौसम सुख्खा हुने
भएकोले हावाहुरी बढी चल्छ । त्यसले उडाएका धुलोका कणहरु सिधै
हाम्रो आँखामा पर्दा एलर्जी निम्त्याउछ । यसरी हुने
एलर्जीले पनि आँखा रातो, हुने कोषहरु सुन्निने र चेप्रा लाग्ने गर्छ । अर्को भनेको
सूर्यबाट आउने विकिरणले पनि हाम्रो
आँखालाई समस्या पार्छ । यो मौसममा तेजीलो प्रकाससंगै विकिरणहरु पनि आएका हुन्छन। त्यसबाट समस्या निम्त्याउछ ।
एलर्जी सरुवा रोग भने होइन तर
यसलाई वंषाणुगत हो भनेर मान्न सकिन्छ । किनभने परिवारको
कुनै सदस्यलाई छ भने त्यसबाट जन्मेका सन्तानलाई पनि
यो समस्या दोहोरिने सम्भावना बढी हुन्छ । एलर्जी शहरमा
मात्रै होइन यो मौसममा खेती किसानी गरी गाँउमा बस्नेहरुलाई पनि देखिन सक्छ । खेतबारीमा काम गर्दा होस या बन जंगल
वरपर बस्दा पनि पोलिनहरु र धुलाका कणहरु आँखामा परी समस्या
निम्त्याउन सक्छ ।
यो मौसममा आँखामा देखिने अर्को
समस्या भनेको ड्राई आई (आँखा सुख्खा ) हनु हो । हाम्रो
आँखाको सधै आँशुले भिजेको हुनुपर्छ ।
तर गर्मी सिजनमा घाममा बढी काम गर्ने, धुलोमा काम
गर्नेहरुको आँखा बढी सुख्खा हुन्छ । आँखा सुख्खा भएपछि पोल्ने बिजाउने , चिलाउने हुनसक्छ । त्यो भयो भने आँशुको झोल ( आर्टिफिसियल
टियर ) समय समयमा राखी राख्नु पर्छ । त्यसले चिलाउने
रातो हुने र चिप्रा आउने कम हुँदै जान्छ । आँखाको दुखाईबाट मुक्त गराउछ ।
त्यो बाहेक गर्मी मौसममा हावामा
फैलने जिवाणु तथा किटाणुहरुको स्पर्स आँखाको भित्री भागमा
परी त्यसले गर्ने इन्फेक्सनबाट पनि असर देखिन्छ ।
के गर्ने त ?
मौसम र बाताबरणका कारण सक्रिय
हुने एलर्जीबाट जोगिने भनेको आफूले अपनाउने सावधानी नै हो
। घामका विकिरणहरुबाट जोगिन छत्रे टोपी (क्याप)
लगाउने, छाता ओडने , धुलोबाट
जोगिन चस्मा लगाउने गर्नुपर्छ ।
चर्को घाममा नबस्ने तथा आँखामा
चिलाउने रातो हुने भयो भने चिसो पानी – आइसकोल्ड
पानीले बाहिरबाट सेक्न सकिन्छ । त्यसबाहेक आँखा
भित्र आर्टिफिसियल टियर( आसुको झोल) ले पनि सफा गर्न सकिन्छ ।
गाँउघरमा आर्टिफिसियल आँशु
नपाउन सकिन्छ त्यस्तो बेलामा उमालेको पानी ( डिस्टिल वाटर) ले पनि
सफागर्न सकिन्छ । तर समस्या परेका बेलामा जुन पायो
त्यहि पानी आँखामा पार्नु हुदैन । त्यसरी प्रयोग गरिने
पानीमा ‘व्यक्टेरिया प्रोटोजोआ’पनि हुनसक्छ
।
यसरी साधारण उपायले पनि समाधान
भएन भने नजिकको आँखा उपचार केन्द्र वा नेत्र विशेषज्ञलाई देखाउन ढिला गर्नु हुदैन
।
source:-nepalhealth.com