
जो महिलाहरु मातृत्वको अनुभव तथा सुख लिनबाट बन्चित हुन्छन् उनीहरुका लागि वैज्ञानिकहरुले एउटा आशाको दियो जलाइदिएका छन् । वैज्ञानिकहरुका अनुसार बाँझोपना हुनुमा एउटा भाइरस जिम्मेवार हुन्छ । ठेउला जस्तै उक्त भाइरसको नाम एच एच भी सिक्स ए राखिएको छ ।
शोधकर्ताका अनुसार यो भाइरसले गर्भाशयको
प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइदिन्छ । जसका कारण महिलाको डिम्ब पुरुषको
शुक्रकिटसँग गर्भाधान हुन सक्दैन । भाइरसले गर्भासयका प्रतिरक्षा
कोसिकाहरुलाई सक्रिय पारेर साइटोकानिन्स रसायनको उत्पादन गर्दछ । यसले
प्रतिरक्षा प्रणालीका लागि एक हतियारको रुपमा काम गर्दछ । यसको उत्सर्जन
बढि भएमा डिम्बको गर्भाधान हुन पाउँदैन ।
अनुसन्धानका क्रममा बाँझोपनबाट पीडित
महिलामध्ये आधा भन्दा बढिमा यो भाइरसको संक्रमण रहेको पाइयो । यो भाइरसले
महिलाको गर्भासयमा बसेर गर्भका लागि सरीरलाई तयार पार्ने प्रोटिनलाई
प्रभावित गर्दछ । त्यसैले यो भाइरसलाई निर्मूल पारेर महिलाको बाँझोपन हटाउन
सकिने वैज्ञानिकको भनाई छ ।
इटालीको युनिभर्सिटी अफ फेराराका
शोधकर्ताहरुले गरेको यो अनुसन्धानका क्रममा बाँझोपनबाट ग्रसित ३६ जना
महिलाहरुको नमूना लिइएको थियो । जसमा ३० जना महिलाहरु एचएचभी सिक्स ए बाट
संक्रमित रहेको पाइयो ।
यो भाइरस ठेउला तथा अनुहारको छालाको रोग
गराउने भाइरसकै परिवारको भाइरस भएको बताइएको छ । यो भाइरस सबैभन्दा पहिले
१९८६ मा पत्ता लागेको भएप्नि यसले महिलामा बाँझोपन गराउने तथ्य बल्ल पत्ता
लागेको हो ।
source:-onlinekhabar.com
No comments:
Post a Comment