रुघा एक एस्तो virous हो जसले मानिसहरुलाई नाक बन्द हुने
समस्या देखिन थाल्छ, केहीलाई नाकबाट पानी बग्न थाल्छ र केहीलाई त रुघा लागि पनि हाल्छ भने केहीलाई
ज्वरोले पनि सताईहाल्छ । प्राय यो बर्खा season मा पानि को कारणले लाग्ने रोग हो ।
येदी सर्दी रुघाको उपचार उसको लक्षण देखिने वितिक्कै गरियो भने शरिरमा अन्य
अरु रोगहरुको परेशानी झेल्न पर्दैन । र्सर्दी रुघाको घरेलु उपचार हामी यहाँ
दिइरहेका छौं ।
येसबाट बच्ने उपयेहरु येसप्रकार छ
- अलिकति अदुवा, अजवाइन (१ चम्चा), ल्वाङ (५ वटा), कालो मरिच (३ वटा), मेथी (१ चम्चा), तुलसी र पुदिनाको पात (१० वटा) यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ ।
- १० ग्राम लसुनलाई १ कप दुधमा १/२ कप हुदासम्म उमाल्ने । यसलाई साँझमा सुत्नेबेलामा वा नाश्ताभन्दा पहिलो सेवन गर्नुहोस् ।
- १ चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक लिनुहोस् ।
- वेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउनुहोस् ।
- कालो मरिच डढाएर उसको धुवा सुँघनाले बन्द नाक खुल्छ ।
- अदुवाको टुक्राको रस २० मि.ली. देखि ३० मि.ली. सम्म दिनमा तीन पटक लिनाले र्सर्दीबाट आराम मिल्छ ।
- रामतोरिया -भिन्डी) को ५० मि.ली. रस दिनमा तीन पटक लिनाले गलाको खसखस र सुख्खा खोकीमा आराम मिल्छ ।
- एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।

No comments:
Post a Comment