१. नुहाएपछि टाउकोमा घ्युकुमारी
लगाउने र १५ मिनेटपछि धुने । हप्तामा तीनपटक यसो गर्नाले कपाल झर्ने क्रम रोकिन्छ
।
२. पानीमा नीमको पात हालेर पानी
आधा नसुकुञ्जेल उमाल्ने र यसरी उमालेको पानी चिसो
भइसकेपछि कपाल धुनाले कपाल बलियो हुन्छ
। नीमपानीले नुहाउँदा पानी आँखामा नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।
३. सुकेको अमला तोरी अथवा
नरिवलको तेलमा केही बेर भिजाइ मसाज गर्दा कपाल बलियो हुन्छ ।
४. राति मेथी भिजाउने, बिहान यसलाई राम्रोसँग पिस्ने र कपालको जरासम्म लगाउने र ४०
मिनेटपछि कपाल धुने । यसो गर्दा कपाल
झर्ने समस्याबाट मुक्ति मिल्छ ।
५. प्याज पिसेर यसको रस निकालेर
कपालको टुप्पोदेखि फेदसम्म लाग्नेगरी दल्ने र ४० मिनेटपछि धुनाले कपाल झर्न
रोकिन्छ ।
६. ग्रीन टी को दुईवटा ब्याग
तीन कप तातो पानीमा डुबाउने र यसलाई चिसो बनाउने त्यसपछि सेलाएको
चिसो पानीले कपाल धुने अथवा मसाज गर्ने । यसो गर्दा
कपाल बलियो हुन्छ ।
७. अण्डाको सेतो भाग कपालको
जरासम्म पुग्नेगरी लगाउने र २० मिनेटपछि नुहाउने । अण्डामा
रहेको प्रोटिन, भिटामिनले कपाल झर्ने क्रम
रोक्छ र कपाल नरम र मुलायम हुन्छ ।
८. कपाल झर्ने समस्या भएका ब्यक्तिहरुले प्रोटिन, आइरन, जिंक, सल्फर, भिटामिन–सी, भिटामिन–बी युक्त
खानामा जोड दिनुपर्छ । यसले कपाललाई बलियो बनाउँछ ।
९. समय समयमा कपालमा मेहदी
लगाउनाले पनि कपाल बलियो हुन्छ ।
१०. कपाल बलियो बनाउन र झर्न
नदिन सातामा दुईपटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल
लगाउनु उपयुक्त हुन्छ ।
source:-nepalihealth.com

No comments:
Post a Comment