जलबिन्दु भनेको एक किसिमको आँखाको रोग हो । यसले आँखाको दृष्टि
सम्वन्धि स्नायु (अप्टिक नर्भ) मा क्षति
पुर्याउँदछ । जलबिन्दुको प्रारम्भिक चरणमा केहि लक्षणहरुमात्र
देखिने वा कहिलेकाँही कुनैपनि लक्षण नदेखिने पनि हुनसक्छ ।
कुनै लक्षण र चिन्हहरु नदेखिईकन
नै दृष्टिबिहिन बनाउने भएकाले यसलाई अत्यन्त चुनौतिपूर्ण
रोगको रुपमा लिने गरिएको छ । समय समयमा आँखाको जाँच नगराउने र सानातिना
समस्या भन्दै आँखाको उपचारमा हेलचेक्र्याई गरेमा
जलबिन्दुले मानिसलाई दृष्टिबवहिन समेत बनाउन सक्छ ।
आँखाको भित्रि चाँप (इन्ट्रा
अक्युलर प्रेसर) बढ्नु जलबिन्दुको जोखिमको मुख्य कारण हो ।
एउटा स्वस्थ आँखाको गेडीमा एक प्रकारको सफा पानी
जस्तो तरल पदार्थ हुन्छ जसलाई मेडिकल भाषामा एक्युस
ह्युमर भनिन्छ । यो एक्युस ह्युमर जुन गतिमा बगेर सकिन्छ त्यहि गतिमा उत्पादन हुन्छ ।
एक्युस ह्युमरको उत्पादन मात्रा
बढी भई अवरोध भएर निकास हुन नसकेको अवस्थामा आँखाको चापमा
वृद्धि हुन्छ । बढेको आँखाको भित्रि चाँपले दृष्टि
सम्वन्धि स्नायुलाई धक्का लगाउँछ र बिस्तारै क्षति
पुर्याउदै जान्छ । जलबिन्दुका कारण हुने दृष्टिबिहिनताको अवस्था क्रमशः बढ्दै
जाने हुन्छ । यो प्रकृया प्राय छेउछाउका दृष्टि हराउँदै गएर शुरु हुन्छ ।
आँखाको बढ्दो चाप (इन्ट्रा
अक्युलर प्रेसर) लाई दृष्टि सम्वन्धि स्नायु निर्माण गर्ने
स्नायू रेशाहरुलाई बिस्तारै बिगार्ने कारणका रुपमा समेत लिने गरिन्छ ।
परिवारमा कसैलाई जलविन्दु लागेको भए बंशाणुगत रुपमा
पछिल्लो पुस्तमा सर्दै जानेहुनाले परिवारका नयाँ सदस्यहरुमा पनि यसको जोखिम रहन्छ ।
परिवारमा कसैलाई जलविन्दु
लागेको भए बंशाणुगत रुपमा पछिल्लो पुस्तमा सर्दै जानेहुनाले
परिवारका नयाँ सदस्यहरुमा पनि यसको
जोखिम रहन्छ । त्यसैगरी ४० वर्ष भन्दा माथिका बयश्कहरुलाई पनि जलबिन्दु हुनसक्छ । मधुमेह वा उच्च रक्तचाप
भएकालाई पनि जलबिन्दु हुने सम्भावना
प्रवल रहन्छ । लामो समयसम्म आँखाको उपचारमा प्रयोग गरिने स्टेरोयड्स
औषधिहरु प्रयोग गर्ने र दुर्घटनाका कारण आँखामा चोट लागेकाहरुमा पनि जलबिन्दु हुनसक्ने सम्भावना उत्तिकै हुन्छ ।
बिशेषज्ञहरुद्वारा आँखाको
भित्रि चाँप (इन्ट्रा अक्युलर प्रेसर) , आँखाको तरल
बग्ने प्रणालिको कोण र अप्टिक नर्भ, पेरिफेरल
भिजन भिजुअल फिल्ड टेस्ट लगायतको सम्पूर्ण जाँच गराएर जलबिन्दु निदान गर्न सकिन्छ ।
जलबिन्दुमा हाल आँखाको भित्रि
चाँप (इन्ट्रा अक्युलर प्रेसर) को
मात्र उपचार गर्न सकिन्छ । यसकालागि आँखामा राख्ने थोपा
औषधिहरु अत्यन्त प्रभावकारी रहेका छन् । यि औषधिहरुले प्रेसरलाई
केही घटाउन र दीर्घकालिनरुपमा नियन्त्रणमा राख्न मद्दत गर्दछन् । थोपा
औषधिहरुले आँखाको भित्रि चाँप घटाउन नसकेको अवस्थामा शल्यकृया गर्नुपर्ने समेत हुनसक्छ ।
source:-nepalihealth.com