Pages

Saturday, July 30, 2016

जानी राखौ जलबिन्दु के हो ? कसरि थाहा पाउन सकिन्छ यो कसरि उत्पन हुन्छ



जलबिन्दु भनेको एक किसिमको आँखाको रोग हो । यसले आँखाको दृष्टि सम्वन्धि स्नायु (अप्टिक नर्भ) मा क्षति पुर्याउँदछ । जलबिन्दुको प्रारम्भिक चरणमा केहि लक्षणहरुमात्र देखिने वा कहिलेकाँही कुनैपनि लक्षण नदेखिने पनि हुनसक्छ ।
कुनै लक्षण र चिन्हहरु नदेखिईकन नै दृष्टिबिहिन बनाउने भएकाले यसलाई अत्यन्त चुनौतिपूर्ण रोगको रुपमा लिने गरिएको छ । समय समयमा आँखाको जाँच नगराउने र सानातिना समस्या भन्दै आँखाको उपचारमा हेलचेक्र्याई गरेमा जलबिन्दुले मानिसलाई दृष्टिबवहिन समेत बनाउन सक्छ ।
आँखाको भित्रि चाँप (इन्ट्रा अक्युलर प्रेसर) बढ्नु जलबिन्दुको जोखिमको मुख्य कारण हो । एउटा स्वस्थ आँखाको  गेडीमा एक प्रकारको सफा पानी जस्तो तरल पदार्थ हुन्छ जसलाई मेडिकल भाषामा एक्युस ह्युमर भनिन्छ । यो एक्युस ह्युमर जुन गतिमा बगेर सकिन्छ त्यहि गतिमा उत्पादन हुन्छ ।
एक्युस ह्युमरको उत्पादन मात्रा बढी भई अवरोध भएर निकास हुन नसकेको अवस्थामा आँखाको चापमा वृद्धि हुन्छ । बढेको आँखाको भित्रि चाँपले दृष्टि सम्वन्धि स्नायुलाई धक्का लगाउँछ र बिस्तारै क्षति पुर्याउदै जान्छ । जलबिन्दुका कारण हुने दृष्टिबिहिनताको अवस्था  क्रमशः बढ्दै जाने हुन्छ । यो प्रकृया प्राय छेउछाउका दृष्टि हराउँदै गएर शुरु हुन्छ ।
आँखाको बढ्दो चाप (इन्ट्रा अक्युलर प्रेसर) लाई दृष्टि सम्वन्धि स्नायु निर्माण गर्ने स्नायू रेशाहरुलाई बिस्तारै बिगार्ने कारणका रुपमा समेत लिने गरिन्छ ।
परिवारमा कसैलाई जलविन्दु लागेको भए बंशाणुगत रुपमा पछिल्लो पुस्तमा सर्दै जानेहुनाले परिवारका नयाँ सदस्यहरुमा पनि यसको जोखिम रहन्छ ।
परिवारमा कसैलाई जलविन्दु लागेको भए बंशाणुगत रुपमा पछिल्लो पुस्तमा सर्दै जानेहुनाले परिवारका नयाँ सदस्यहरुमा पनि यसको जोखिम रहन्छ । त्यसैगरी ४० वर्ष भन्दा माथिका बयश्कहरुलाई पनि जलबिन्दु हुनसक्छ ।  मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलबिन्दु हुने सम्भावना प्रवल रहन्छ । लामो समयसम्म आँखाको उपचारमा प्रयोग गरिने स्टेरोयड्स औषधिहरु प्रयोग गर्ने र दुर्घटनाका कारण आँखामा चोट लागेकाहरुमा पनि जलबिन्दु हुनसक्ने सम्भावना उत्तिकै हुन्छ ।
बिशेषज्ञहरुद्वारा आँखाको भित्रि चाँप (इन्ट्रा अक्युलर प्रेसर) , आँखाको तरल बग्ने प्रणालिको कोण र अप्टिक नर्भ, पेरिफेरल भिजन भिजुअल फिल्ड टेस्ट लगायतको सम्पूर्ण जाँच गराएर जलबिन्दु निदान गर्न सकिन्छ ।
जलबिन्दुमा हाल आँखाको भित्रि चाँप (इन्ट्रा अक्युलर प्रेसर) को मात्र उपचार गर्न सकिन्छ । यसकालागि आँखामा राख्ने थोपा औषधिहरु अत्यन्त प्रभावकारी रहेका छन् । यि औषधिहरुले प्रेसरलाई केही घटाउन र दीर्घकालिनरुपमा नियन्त्रणमा राख्न मद्दत गर्दछन् ।  थोपा औषधिहरुले आँखाको भित्रि चाँप घटाउन नसकेको अवस्थामा शल्यकृया गर्नुपर्ने समेत हुनसक्छ ।
source:-nepalihealth.com

के तपैलाइ पिशाप् पोलने समस्य छ ? येस्ता समस्याहरुले खतार पनि हुनसक्छ

पिसाव पोल्ने धेरै कारणहरु छन् । त्यसैले पिसाव पोल्ने समस्या लिएर अस्पताल धाउनेको संख्या दिनानुदिन बढदै गएको छ । सामान्य सावधानी अपनाउदा समाधान हुने कतिपय समस्याहरु जानकारीको अभावमा विकराल भएको पनि पाइएको छ । तसर्थ पिसावका बारेमा समान्य जानकारी हुन आवश्यक छ ।
खासगरि शरीरमा रहेको अनावश्यक तत्व पिसाव र पसिनाका माध्यमबाट बाहिर निस्कन्छन् । साधारण अर्थमा मिर्गौलाको माध्यमद्धारा शरीरमा रहेका विकार पदार्थ बाहिर निकाल्ने प्रक्रिया पिसाब हो  पिसाब थैलीमा पिसाब भरिने बित्तिकै स्नायु प्रणालीको संकेतमार्फत मस्तिष्कमा जानकारी पुग्छ र पिसाब फेर्न मन लाग्छ । सकेसम्म पिसाब लागेको महसुस भएको एक दुई मिनेट भित्रै फ्याँक्नु पर्छ ।
दैनिक कति बन्छ पिसाब ? कतिपटक फेर्नु पर्छ ?
सामान्यतया एक दिन अर्थात चौविस घण्टाको अवधिमा स्वस्थ मानिसको शरीरमा १५ सय देखि २ हजार मिलिलिटर पिसाब बन्छ । तर पानी कम खाने वा धेरै खानेहरुमा यो परिमाणमा केही तलमाथि हुनसक्छ ।
स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २ सय देखि ३ सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेबित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । सोझो अर्थमा हेर्दा पनि औसतमा १५ सय एमएल पिसाब निस्कने मानिसहरुले दैनिक पाँच पटक पिसाब फेर्नु पर्ने हुन्छ ।
एक दिनमा एउटा मानिसले ४ देखि ६ पटकसम्म पिसाब फेर्छ भने त्यसलाई समान्य रुपमा लिन सकिन्छ तर त्यो भन्दा धेरै वा कम पिसाब आउँछ भने त्यसलाई समस्याका रुपमा लिन सकिन्छ ।
पिसाब कम आउनुको कारण मानिसले कम मात्रामा पानीको सेवन गरेर पनि हुनसक्छ । कम पानी पिँउदा पिसाब थैलीमा संक्रमण हुने खतरा रहन्छ । यस्तै पिसाब लाग्दा लामो समयसम्म रोक्दा पनि पिसाब थैली तथा नलीमा संक्रमण हुन सक्छ ।
पहेँलो पिसाबले खतराको संकेत हो ?
सामान्यतया पिसाबको रगं हल्का पहेँलो देखि अलि गाढा पहेँलोसम्म हुन सक्छ । यदि अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नु पर्दैन । तर एक दिन भन्दा बढि यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्छ ।
पिसाब थैली तथा नलीमा संक्रमण हुँदा के हुन्छ ?
पिसाब थैली तथा नलीमा संक्रमण हुँदा पिसाब फेर्दा, पोल्ने, दुख्ने, पिसाब लाग्ने बित्तिकै गइहाल्नुपर्ने, पिसाबलाई रोक्नै नसक्ने, पिसाब गन्हाउने, रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, राती सुतेको समयमा पनि पिसाब लागि रहने, पिसाब लागे जस्तो हुने तर शौचालयमा जाँदा थोरै मात्र आउने जस्ता लक्षण देखा पर्छ ।
पिसाबको संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ महिलाको पाठेघर र पिसाब थैली एकदमै नजिक रहेको तथा पुरुषको तुलनामा महिलाको पिसाब नली निकै छोटो भएको कारण महिलालाई धेरै सताउँछ  संक्रमणका कारण पिसाब थैलीको भित्रको म्युकोज (थैलीको भित्रपट्टी रहेको छालाजस्तो भाग)मा घाउ बनेको हुन्छ ।
सामान्यतया पिसाब एसिडिक हुने हुँदा उक्त घाउमा पिसाब पर्दा पोल्ने समस्या देखिन्छ । पिसाबको माध्यमबाट बाहिर निस्कने बिकार (क्रिस्टल) सियो जस्ता हुन्छन् । कम पानी सेवन गरेमा उक्त क्रिस्टलले पिसाब थैलीमा घोच्छ र दुख्न थाल्छ । उक्त घोचाइ बढ्दै जाँदा घाउ हुन्छ र थप समस्या निम्तिने गर्छ ।
पिसाब थैली तथा नलीमा हुने कुनै पनि संक्रमणले थैली र नलीको भित्तामा घाउ बनाउने हुँदा उक्त घाउमा एसिडिक पिसाब पर्दा पोल्ने दुख्ने समस्या हुन्छ ।
सामान्यतया जुनसुकै संक्रमणका कारण संक्रमण भएको क्षेत्र र वरपर रातो हुने, सुन्निने, तातो हुने, दुख्ने र सामान्य कार्यमा अबरोध सिर्जना हुन्छ । पिसाबको संक्रमणमा पनि यही समस्या देखापर्ने हो ।
सरसफाइको कमी, सन्तुलित आहारको कमी, अन्य संक्रमणका कारण कहिलेकाहीँ पिसाब एसिडिकबाट अल्कोलाइन बन्छ। पिसाब अल्कोलाइन हुँदा ब्याक्टेरियाले हुर्कने राम्रो वातावरण पाउँछन् र संक्रमणले तुरुन्तै समाति हाल्छ । यस्तो अवस्थामा पिसाबमा क्रिस्टल बन्ने सम्भावना पनि अत्यधिक रहन्छ । संक्रमणका कारण पिसाब गन्हाउने समेत हुन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई प्युरिया भनिन्छ । संक्रमणले नाइटोमुनी समेत दुखाउँछ ।
पिसावमा रगत किन देखिन्छ ?
पिसाब रगत आउनुको काारण भनेको संक्रमणले बनाएको घाउमा रहेका नसा च्यातिएर वा फुटेर नै हो रगत नै आउने अवस्थामा आएका बिरामीले चिकित्सककहाँ पुगेर उपचार थालिहाल्नु पर्छ । पिसाबमा रगत आएको छ तर दुख्दैन भने अनावश्यक मासु पलाएको कारणले हुने गर्छ ।
पिसाब नली तथा थैलीमा संक्रमण हुनुको कारणमा ब्यक्तिगत सरसफाइको कमी, यौनांगको सरसफाइमा ध्यान नदिनु, यौन सम्पर्क, अन्य संक्रमण, पानीको कम सेवन, अशुद्ध पानीको सेवन पिसाब फेरीसकेपछि पूरै ननिस्कनु नै हो । संक्रमण गराउने ब्याक्टेरिया आकाश तथा पातालबाट आउने नभई पिसाब तथा थैलीबाट नै आउने हो । सामान्यतया एक मिलिलिटर पिसाबमा एक सयदेखि एक हजार ब्याक्टेरिया छ भने त्यसले कुनै असर गर्दैन तर त्यो संख्या बढेर पाँच गुणा बढी भयो भने समस्या निम्तने गर्छ ।
पानीको सेवन कम गर्दा पनि ब्याक्टेरियाको संख्या बढ्ने खतरा हुन्छ । त्यस कारण गर्मी क्षेत्रमा डिहाइड्रेसनको समस्या भयो भने पनि पिसाबको संक्रमण हुन्छ । मानिसहरुमा विभिन्न समस्याका कारण रोग प्रतिरोधात्मक क्षमता कम भएको समयमा पिसाबको संक्रमण बढी हुन सक्छ ।
यसका साथै मिर्गौला तथा पिसाब थैलीमा हुने पत्थरी, गर्भवती, मेनोपेज भएका महिला, मधुमेह, क्याथेटर राखिएको मानिस, जन्मजात समस्या तथा बिभिन्न केमिकलको प्रयोगका कारणले पनि पिसाबमा समस्या निम्त्याउन सक्छ ।
source:-nepalihealth.com