२६ जेठ, काठमाडौं । अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए/नभएको जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । ट्रायल पास भएपछि, रिन्यू र वर्ग थपका लागि दिएको आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि अब विभागमा पटक-पटक जानुपर्ने छैन ।
यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याएको हो । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३मा एसएमएस गर्न सकिनेछ ।

विभागले हालै ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको छ । अहिले झण्डै ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । अबको २ महिनाभित्र लाइसेन्सका अभावसम्बन्धी सम्पूर्ण समस्या हट्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए .
source of onlinekhabar.com
No comments:
Post a Comment