आज देउसो आएको भारी बर्षले रामेछापको मन्थली बजार दुबानमा परेको छ । वैशाख ३१, रामेछाप । अविरल वर्षपछि रणजोर खोलमा आएको बाढीले बगाउँदा रामेछापको सदरमुकाम मन्थलीमा एकजना विद्यार्थी वेपत्ता भएकी छिन् । बाढीका कारण मन्थली बजार अस्तव्यस्त भएको छ ।

सदमुकाम मन्थलीस्थित मन्थली माबिबाट मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर माबि परीक्षा केन्द्रमा ११ कक्षाको परीक्षा दिन गएकी मन्थली नगरपालिका- १ कि उष्मा फुयाँललाई रणजोर खोलाले बगाएको हो ।
उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने उद्दार गरिएको छ । उनीहरु बिहान ६ बजेको समयमा खोला तर्न लाग्दा अकस्मात आएको बाढीले बगाएको थियो । बगाएका मध्ये केहीको रणजोर खोला र केहीको तामाकोसी नदीबाट उद्दार गरिएको हो ।
वेपत्ता भएकी फुयाँलको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले रणजोर र तामाकोसी नदी किनारमा खोजी गरिरहेका छन् । उनको अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।
राति १२ बजेपछि परेको भिषण वर्षापछि आएको बाढी पहिरोले मन्थली बजार अस्तव्यस्त भएको छ । बजारमा ठाउँठाउँमा माटोका ढिस्का जम्मा भएका छन् भने हाटेचौर तथा बसपार्क क्षेत्र डुवानमा परेको छ
source of onlinekhabar.com
No comments:
Post a Comment