पेटको ‘ग्यास्ट्रिक म्युकोसा’ भनिने भित्री
तह जल्ने, पोल्ने, खुइलिने
समस्यालाई ग्यास्ट्राइटिस भनिन्छ ।
वाकवाकी लाग्ने नखाएपनि अघाएजस्तो हुने, पेट पोल्ने, नपच्ने मुटु
पोल्ने भोक हराउने आदि ग्यास्ट्राइटिसका सामान्य लक्षणहरु हुन् ।
आउनुस् हेरौ ग्यास्ट्राइटिसबाट सरल तरिकाले मुक्ति कसरी पाउन सकिन्छ ।
आउनुस् हेरौ ग्यास्ट्राइटिसबाट सरल तरिकाले मुक्ति कसरी पाउन सकिन्छ ।
१. पाचन प्रणाली पूर्ण रुपले स्वस्थ नहुँदासम्म दूधजन्य पदार्थबाट टाढा
रहनुहोस् ।
२. शरीर अथवा पेटमा पानीको मात्रा प्रसस्त हुनु जरुरी हुन्छ । हरेक दिन
कम्तिमा आठ ठूलो गिलासको भरी पानी पिउनुहोस् ।
३. पेटको जलन घटाउन हरेक दिन भिटामिन ई को ४०० आइ.यू.मात्रा लिनुहोस् ।
४. अदुवाको सेवनले अपाचन, ग्यास घटाउनुको साथै पेटको
खुइलिएको भित्रको तह ‘ग्यास्ट्रिक
म्युकेसा’ बनाउनपनि मद्दत गर्छ । यसले
वाकवाकी घटाउँछ र पाचन प्रक्रिया स्वस्थ राख्छ ।
५. नरीवलको पानीमा प्रसस्त मात्रामा खनिज पदार्थ र पाचन प्रक्रिया स्वस्थ राख्ने पदार्थहरु
पाइन्छन् । त्यसैल हरेक दिन यसको सेवन गर्नाले ग्यास्ट्राइटिस
घटाउन मद्दत गर्छ ।
६. काँचो आलु लिएर त्यसलाई पिँधी त्यसको रस निकाल्नुस् र दिनको तीन पटक आधा कचौरा खाना खानु भन्दा १५
मिनेट अगाडि पउिनुहोस् । यो ग्यास्ट्राइटिस हराउने
सर्वोत्कृष्ट तरिका हो ।
७. फलफूलका जुसले पनि ग्यास्ट्राइटिसको समस्या कम गर्न मद्दत गर्छ । त्यसैगरी कागतिको रसमा अलिकति
नुन मिसाएर पिउनाले प्राकृतिक तरिकाले ग्यास्ट्राइटिस
कम हुन्छ ।
८. मासु, अल्कोहल, सूर्तीजन्य पदार्थ, कफि, चिया, मसालेदार
खाना, जङक खाना जस्ता खानेकुराबाट
टाढै रहूँ ।
९. बिहान बेलुका हिड्ने स्वीमिङ गर्ने जस्ता हल्का शारीरिक कसरतमा ध्यानदिनुस्
र मानसिक तनावबाट टाढा रहनुहोस् ।
source:- nepalihealth.com
