१. बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ ।
२. कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि
हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ ।
३. कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा
सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
४. शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई
कागती पानीले कम गर्छ ।
५. कागती पानीले मुख गन्हाउने समस्या समाधान
गर्न मद्दत गर्छ ।
६. कागतीमा पाईने भिटामिन सी र पोटाशियमले
रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।
७. बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले
दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।
८. यदि तपाई शरीरको तौल घटाउने प्रयासमा
हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती पानी पिउन निकै लाभदायक हुन्छ ।
source:- nepalihealth.com